Translate

Sunday, August 17, 2025

मधेशमा आत्महत्या गर्ने बालिकाको संख्या बढ्दै


आर्थिक २०८१/८२ मा मात्रै १ हजार भन्दा बढीले गरे आत्महत्या



मधेश दूत समाचारदाता
सर्लाही,भदौ १

   मधेश प्रदेशमा आत्महत्याका घटनाहरू दिनानुदिन बढिरहेको छ । प्रदेशका आठै वटा जिल्लाको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै १,२५३ जनाले आत्महत्या गरेका छन् । तीमध्ये महिला ४७५, पुरुष ४६७, बालिका २४६ र बालक ६५ रहेका छन् । अघिल्लो आ.व को २०८०/८१ मा १,२७८ जनाले आत्महत्या गरेका थिए । त्यसमध्ये ५४० पुरुष, ४७० महिला, २०१ बालिका र ६७ बालक थिए । दुवै आ.व को तथ्यांक अनुसार यस वर्ष बालिकाहरुको आत्महत्याको संख्या अझ बढेको देखिन्छ । प्रहरी र अनुसन्धानकर्ताका अनुसार परीक्षा वा प्रेममा असफल, घरायसी विवाद, घरेलु हिंसा, दाइजोको झगडा, आर्थिक संकट, डिप्रेसन, मोबाइल प्रयोगमा रोकजस्ता कारणले धेरैले आत्महत्या गर्ने गरेका छन् ।
विशेषज्ञको भनाइ अनुसार “आत्महत्या व्यक्तिगत समस्या मात्र होइन, सामाजिक संकट हो । यसलाई रोक्न २४ घण्टा चल्ने हेल्पलाइन र परामर्श केन्द्र स्थापना हुन जरुरी छ ।” तराई मधेशमा  धेरै जसो आत्महत्याका घटनाहरु झुन्डिएर वा विष सेवन गरेर हुने गरेको पाइन्छ । 

No comments:

Post a Comment